• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

ट्राफिक नियम मिच्नेको घरमै पुगेर जरिवाना गर्न प्रदेश ५ का मुख्यमन्त्रीको निर्देशन


  •     / २०७६, २० पुष आईतवार १५:४० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुचना डबली संबाददाता\ बुटवल पुस २०। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सिसिटिभी क्यामराको प्रयोगलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिनु भएको छ । सवारी साधनले गरेको गल्ती मानिसको आंखाले देखेको भन्दा फरक र अझ बढी बिश्वसनीय हुनसक्छ त्यसैले सडकमा राखिएका क्यामराका फुटेजहरुको अध्यायन गरी कार्वाही थालौं मुख्यमन्त्रीले भन्नु भयो । हामीसंग रहेका सिसीटिभी क्यामराहरुको सदुपयोग गरौं गल्ती गरेको पाईए सवारीधनीको घरमै पुगेर भएपनि जरीवाना गरौं कसैले उम्कीन नपाओस मुख्यमन्त्रीले भन्नु भयो ।

    यसले एउटा सन्देश प्रवाह गर्छ उहांले थप्नु भयो । मुख्यमन्त्रीले ट्राफिक प्रहरीको पारदर्शीता प्रति जनगुनासो र आशंका बढेको संकेत गर्दै सवारी साधनको चेकजांच गर्ने स्थानमा समेत सिसिटिभी क्यामरा जडान गरेर पारदर्शी हुन निर्देशन दिनु भयो । मुख्यमन्त्री कार्यालयमा आयोजित सडक सुरक्षा र दुर्घटना न्युनिकरण सम्वन्धी बैठकमा सहभागी आन्तरीक मामिला मन्त्री तथा भौतीक पुर्वाधार बिकास मन्त्री एवं प्रदेश प्रहरी ५ प्रमुख लगायतलाई निर्देशन दिदै सडक दुर्घटना कमगर्ने उपायहरु खोजी गर्न र तत्कालका पुर्वाधारहरुको प्रयोग गरेर कानून उल्लंघन गर्नेहरुलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनु भयो । मुख्यमन्त्रीले सहरी क्षेत्रमा हुने सवारी जामलाई नियन्त्रण गर्न बिशेष योजना सहित साना सवारीको ब्यवस्थापन र नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । साना सवारी साधनको अनियन्त्रीत आयात यातायात ब्यवस्थापनको मात्र समेस्या बनेको छैन सडक दुर्घटनाको कारण समेत बनेको छ त्यस्ता सवारी साधन नियन्त्रण गर्ने योजना बनाउन आबश्यक छ मुख्यमन्त्रीले भन्नु भयो । पोखरेलले आफुलाई प्राप्त जिम्मेवारी अनुसारको भुमिका निर्वाह गर्न नसक्दा दुर्घटनाको समस्या थपिएको बताउदै त्यसको नियन्त्रणका लागि बिद्यमान कानुनको कडाईका साथ कार्यान्वयन गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिनु भयो । आवश्यक पर्ने पुर्वाधारका लागि बजेट पेश गर्नुस सम्भव भए सम्म यसै बर्षको बजेटमा नभए अर्को बजेटमा ब्यवस्था गरौंला प्रहरीलाई पुर्वाधार सम्पन्न बनाईने समेत मुख्यमन्त्रीले प्रतिवद्धता जनाउनु भयो । मुख्यमन्त्रीले भएको कानुन कार्यान्वयनमा कुनै समस्या नभएको भन्दै अहिले भएका साधन श्रोतको परिचालन गर्ने र बिद्यमान कानूनलाई कार्यान्वयन गराउने हो भने दुर्घटना कमगर्न कठिन नहुने बताउनु भयो । कतिपय सवारी साधनले यस क्षेत्रमा सञ्चालन गर्ने अनुमती नपाएको भएपनि त्यस्ता सवारी साधनहरु निर्वाधरुपमा सञ्चालनमा आएको भन्दै अनुमती नभएकालाई तत्काल कार्वाहीको दायरामा ल्याउन मुख्यमन्त्रीले आग्रह गर्नु भयो । अनुमती नभएका र क्षमता भन्दा बढी भार बोकेका सवारी साधनहरु सडकमा गुडेका छन तिनिहरुलाई नियन्त्रण गर्नु आवश्यक छ मुख्यमन्त्रीले भन्नु भयो । उहाले यात्रुहरुलाई प्रस्तान बिन्दु वा बस पार्कमा सडकको अवस्था संगै यात्रामा अपनाउनु पर्ने सावधानी बारे यात्रुलाई जानकारी गराएर मात्र यात्रा प्रारम्भ गर्ने ब्यवस्था मिलाउन यातायात ब्यवसायीहरुलाई आग्रह गर्नु भयो । यात्रा सूरु गर्नु पुर्व प्रस्तान बिन्दुमै यात्रुहरुलाई यात्रामा अपनाउनु पर्ने सावधानी र यात्राको अवधीबारे जानकारी दिनुस मुख्यमन्त्रीले भन्नु भयो । कार्यक्रममा प्रदेश ५ का प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, आन्तरीक मामिला मन्त्रालयका सचिव संगै बिभिन्न मन्त्रायका सचिवहरु प्रदेश प्रहरी प्रमुख, यातायात ब्यवसायी संस्थाका प्रतिनिधी, सुरक्षित यात्रा अभियान नेपालका प्रतिनिधी, लगायतको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे
    ‘उम्मेदवार स्वतन्त्र हुन्छन् तर स्वतन्त्र पार्टी हुँदैन’
    नागरिकता विधेयकमा ओलीको दोहोरो चरित्र
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अवैध हतियारको त्रासमा मधेस

    • २. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ३. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

    • ४. अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

    • ५. एक वर्षपछि मुगुमा बजार अनुगमन

    धेरै पढिएको
    • १. कृषिमा प्रदेश १ अगाडि

    • २. ८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

    • ३. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ४. बागमतीको बजेट प्रदेशसभाबाट बहुमतले पारित

    • ५. ११ वर्षमा मनसुनजन्य विपद्‍बाट २ हजार ३६२ जनाको मृत्यु

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.