• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

ट्राफिक नियम मिच्नेको घरमै पुगेर जरिवाना गर्न प्रदेश ५ का मुख्यमन्त्रीको निर्देशन


  •     / २०७६, २० पुष आईतवार प्रकाशीत

  • Advertisement

    सुचना डबली संबाददाता\ बुटवल पुस २०। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सिसिटिभी क्यामराको प्रयोगलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिनु भएको छ । सवारी साधनले गरेको गल्ती मानिसको आंखाले देखेको भन्दा फरक र अझ बढी बिश्वसनीय हुनसक्छ त्यसैले सडकमा राखिएका क्यामराका फुटेजहरुको अध्यायन गरी कार्वाही थालौं मुख्यमन्त्रीले भन्नु भयो । हामीसंग रहेका सिसीटिभी क्यामराहरुको सदुपयोग गरौं गल्ती गरेको पाईए सवारीधनीको घरमै पुगेर भएपनि जरीवाना गरौं कसैले उम्कीन नपाओस मुख्यमन्त्रीले भन्नु भयो ।

    यसले एउटा सन्देश प्रवाह गर्छ उहांले थप्नु भयो । मुख्यमन्त्रीले ट्राफिक प्रहरीको पारदर्शीता प्रति जनगुनासो र आशंका बढेको संकेत गर्दै सवारी साधनको चेकजांच गर्ने स्थानमा समेत सिसिटिभी क्यामरा जडान गरेर पारदर्शी हुन निर्देशन दिनु भयो । मुख्यमन्त्री कार्यालयमा आयोजित सडक सुरक्षा र दुर्घटना न्युनिकरण सम्वन्धी बैठकमा सहभागी आन्तरीक मामिला मन्त्री तथा भौतीक पुर्वाधार बिकास मन्त्री एवं प्रदेश प्रहरी ५ प्रमुख लगायतलाई निर्देशन दिदै सडक दुर्घटना कमगर्ने उपायहरु खोजी गर्न र तत्कालका पुर्वाधारहरुको प्रयोग गरेर कानून उल्लंघन गर्नेहरुलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनु भयो । मुख्यमन्त्रीले सहरी क्षेत्रमा हुने सवारी जामलाई नियन्त्रण गर्न बिशेष योजना सहित साना सवारीको ब्यवस्थापन र नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । साना सवारी साधनको अनियन्त्रीत आयात यातायात ब्यवस्थापनको मात्र समेस्या बनेको छैन सडक दुर्घटनाको कारण समेत बनेको छ त्यस्ता सवारी साधन नियन्त्रण गर्ने योजना बनाउन आबश्यक छ मुख्यमन्त्रीले भन्नु भयो । पोखरेलले आफुलाई प्राप्त जिम्मेवारी अनुसारको भुमिका निर्वाह गर्न नसक्दा दुर्घटनाको समस्या थपिएको बताउदै त्यसको नियन्त्रणका लागि बिद्यमान कानुनको कडाईका साथ कार्यान्वयन गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिनु भयो । आवश्यक पर्ने पुर्वाधारका लागि बजेट पेश गर्नुस सम्भव भए सम्म यसै बर्षको बजेटमा नभए अर्को बजेटमा ब्यवस्था गरौंला प्रहरीलाई पुर्वाधार सम्पन्न बनाईने समेत मुख्यमन्त्रीले प्रतिवद्धता जनाउनु भयो । मुख्यमन्त्रीले भएको कानुन कार्यान्वयनमा कुनै समस्या नभएको भन्दै अहिले भएका साधन श्रोतको परिचालन गर्ने र बिद्यमान कानूनलाई कार्यान्वयन गराउने हो भने दुर्घटना कमगर्न कठिन नहुने बताउनु भयो । कतिपय सवारी साधनले यस क्षेत्रमा सञ्चालन गर्ने अनुमती नपाएको भएपनि त्यस्ता सवारी साधनहरु निर्वाधरुपमा सञ्चालनमा आएको भन्दै अनुमती नभएकालाई तत्काल कार्वाहीको दायरामा ल्याउन मुख्यमन्त्रीले आग्रह गर्नु भयो । अनुमती नभएका र क्षमता भन्दा बढी भार बोकेका सवारी साधनहरु सडकमा गुडेका छन तिनिहरुलाई नियन्त्रण गर्नु आवश्यक छ मुख्यमन्त्रीले भन्नु भयो । उहाले यात्रुहरुलाई प्रस्तान बिन्दु वा बस पार्कमा सडकको अवस्था संगै यात्रामा अपनाउनु पर्ने सावधानी बारे यात्रुलाई जानकारी गराएर मात्र यात्रा प्रारम्भ गर्ने ब्यवस्था मिलाउन यातायात ब्यवसायीहरुलाई आग्रह गर्नु भयो । यात्रा सूरु गर्नु पुर्व प्रस्तान बिन्दुमै यात्रुहरुलाई यात्रामा अपनाउनु पर्ने सावधानी र यात्राको अवधीबारे जानकारी दिनुस मुख्यमन्त्रीले भन्नु भयो । कार्यक्रममा प्रदेश ५ का प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, आन्तरीक मामिला मन्त्रालयका सचिव संगै बिभिन्न मन्त्रायका सचिवहरु प्रदेश प्रहरी प्रमुख, यातायात ब्यवसायी संस्थाका प्रतिनिधी, सुरक्षित यात्रा अभियान नेपालका प्रतिनिधी, लगायतको सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.