काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासन अनुमति पाएको छ ।
कम्पनीले आईपीओ निष्काशन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्काशनका अनुमति पाएको हो ।
कम्पनीले आइपीओ निष्काशनका लागि माघ ९ गते अनुमति पाएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।







