
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १६ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ८०५४ र ४ हजार ५४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२६५ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही अवधिमा २५४० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।