काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लागेर ९४ हजार रुपैयाँ पुगेको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४१ डलर आसपास कारोबार भइरहेको छ ।







