काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहका निर्वाचनमा पाँचदलीय गठबन्धन मिलेर नै चुनाव लड्ने बताएका छन्।
मंगलबार रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई पार्टी प्रवेश गराउने कार्यक्रमको सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अहिले निर्वाचनको कुरा भइरहेको बताउँदै उनले भने,’ स्थानीय तहको निर्वाचन तीन चरणमा वैशाख, असार र असोजमा भएको थियो । स्थानीय तहको अन्तिम परिणाम असोज ७ मा आएको थियो । त्यो नै अन्तिम मिति हुन्छ । यो अहिले बहसको विषय बनेको छ। संविधानमा पनि प्रष्ट रुपमा नै लेखेको छ।’
यसका साथै उनले उनले गाउँ र नगर सभाको चुनाव सम्पन्न भएको ६ महिनाभित्र निर्वाचन गराइसक्नुपर्ने उल्लेख भएको प्रष्ट पारे । उनले पाँच दल मिलेर आउने असोज, कात्तिक र मंसिरसम्मा केन्द्र, प्रदेश र स्थानीय तहको चुनावमा जाने समेत बताएका हुन् ।







