काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार १०३ जनाको पीसीआर परीक्षणमा ९४३२ र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५७६ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही अवधिमा ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको ८८ हजार ९३४ पुगेको छ ।







