• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

भारतमा थपिए दुई लाख ३५ हजार कोरोना सङ्क्रमित


  •    सुचना डबली डेस्क / २०७८, १५ माघ शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । भारतमा थप दुई लाख ३५ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

    सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना सङ्क्रमित भएका हुन् ।

    सोही अवधिमा अरु ८७१ जनाको मृत्यु पनि भएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।  भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन बढ्दै गएकोमा अहिले घट्दै आएको हो ।

    मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरूको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीहरूका अनुसार भारतमा शनिबार २० लाख चार हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकालेपनि अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो ।  भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ३५ हजार ९३९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

    एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै एक लाख धेरै छ ।  भारतमा पछिल्लो एक दिनमा १७ लाख ५९ हजार ४३४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

    अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९३ हजार १९८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.