काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १०१ जनाको पीसीआर परीक्षणमा ३३१८ र ४ हजार ४६१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १५८६ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको छ भने साेही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५९२४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।







