काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ ।
यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक पनि भनेका छन् । प्राप्त पछिल्लो समाचार अनुसार त्यहाँ गएको सात दिनसम्म कोरोनाका कारण हुने मृत्यु बढ्दै गएको छ ।
बुधबार मात्र त्यहाँ २४ घण्टामा कोरोनाबाट २ हाजार भन्दा बढीको ज्यान गएको छ । बुधबारको पछिल्लो तथ्यांकअनुसार त्यहाँ एकै दिनमा कोरोनाबाट २ हजार २५९ जनाको ज्यान गएको थियो । तर उता कोरोनाबाट हुने संक्रमितको संख्या भने अहिले घटेको छ ।
पछिल्लो केही दिनयता यो संक्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ । त्यहाँ दैनिक ६ लाखभन्दा बढी नै संक्रमित पाइने गरेका छन् । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ ।
अमेरिकामा विश्वमा नै कोरोनाबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने संक्रमण दर पनि धेरै रहेको पाइएको छ ।
त्यहाँ अहिलेसम्म कोरोनाबाट ९ लाख ६ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वका अरु देशको तुलनामा यो सबैभन्दा बढी हो ।







