काठमाडौँ । कोरोना महामारीका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ ।
सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले कोरोनाभाइरसको तेस्रो लहरका कारण स्थगित भएका सबै परीक्षा फागुनमा गर्ने निर्णय गरेको हो।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।







