बुटवल । आज भोलि अन्योलमा छ जिन्दगी। खित्का छाडेर हाँस्न भाग्यले दिँदैन, जुन कुरा शब्दमा बयान गर्न सक्दिन नि ती कुरा आसुले सजिलै बयान गर्दो रैछ अनि डाको छोडेर रून स्वाभिमानले दिदैन, किनकि म छोरो हो समाजले छोरो मान्छे रुनु हुदिन भन्छ । साँची छोरो मान्छे रुनु हुदिन र ? सानो देखि सुन्दै आएको थिय छोरो मान्छे रुनु हुदैन भनेर अनि मनमा लागेको थियो सायद छोरो मान्छे रोयो भने इज्जत जान्छ कि भन्ने। तर जिन्दगि भोग्दै आउदा अनि जिम्मेवारी संग लर्डाईं खेल्दै आउदा कहिलेकाही थामिदैनन आसु बुझ्दिन आखाले अनि पोखिन्छन झरी बनि ।
सायद जिन्दगीमा सबै भन्दा कठिन कार्य भनेको मातृभूमि छोड्नु नै हो । जन्मिएको घर, खेलेको आगन, हुर्किएको समाज, अनि बुढेसकालका बा आमा छोडेर परदेशी हुनु सहज त कहाँ छ र, छोरो भएर जन्म लिनु पनि। उस्तै हो सिउँदोमा सिन्दुर भरेर पराई घर जानु अनि पासपोर्टको पाना भरेर परदेशी हुनु। बिल्कुल नँया ठाउ, नँया परिवेश र संघर्ष पुर्ण नँया जीवन ! आफ्नो देश छोडेर परदेशी हुन लाग्दा मन समाली गह भरि आसु राखे पनि नौलो परदेशमा पुगेसी हो म रुन्छु। मनको पिडा भुलाउन रुन्छु। घर परिवार , समाजको न्यास्रो लागेर रुन्छु। हड्डी खीइने गरि काम गरेर सरिर को पिडा भुलाउन रुन्छु । तर समाज भन्छ छोरो मान्छे रुन्छन र ?
सानैदेखि छोरो मान्छे रुनु हुन्न भनेर मुटु कठोर बनाए पनि, हो म पनि रुन्छु सिरानीले च्यापेर समाजले नदेख्ने गरि रुन्छु। कहाँ सजिलो छ र मन बुझाए जसरि आखालाई बुझाउन, हरेक दिन अधुरा सपनाले मलाई सुत्न दिदैनन, काडाले बिजाए जसरि झस्काई रहन्छन् अनि तिनीहरुलाई जलाउदै स्रदान्जली अर्पद गर्दै रुन्छु। अब यो गर्छु त्यो गर्छु भन्छु अनि अन्तिममा केहि हुदिना अनि किन भएन भनेर सम्झेर रुन्छु। कहिलेकाही अरुको आखामा आसु देख्न नसकेर रुन्छु। कहिले काही सधै बोलिरहने मान्छे नाबोल्दिदा रुन्छु। कहिलेकाहीँ आफ्नैले चोट दिदा रुन्छु। कहिले काही आफ्नै भबिस्य सम्झेर रुन्छु। कहिलेकाही बाबा आमाको सपना साकार पार्न नसकेर रुन्छु। कहिलेकाही जिम्मेवारी सम्झेर रुन्छु। हो म छोरो मान्छे भएर नि रुन्छु। राम्रो संग पढेर देशमै केहि गर्छु भन्ने अठोट लिएको म, जब जिम्मेबारीले थिचेर परदेशिनु भन्दा अरु बिकल्प हुदिना अनि रुन्छु। मेरो देश , मेरो समाजको अवस्था देखेर अनि गरि खान नदिने चरम भ्रस्टाचार, महंगी देखेर रुन्छु।
गरिबीको रेखा मुनि जिन्दगी कटाउनु पर्ने हो कि भन्ने डरले रुन्छु। छोरा छोरीको भविष्य , श्रीमतीको कर्म सम्झेर रुन्छु। बाबुको पिठ्यूँमा रहेको ऋणको भारि सम्झेर रुन्छु। आमाको फाटेको सारी सम्झेर रुन्छु। हो छोरो मान्छे भएर नि म रुन्छु ।
जित्ने पनि रून्छन्। हार्ने पनि रून्छन्। महिला पनि रून्छन्, पुरुष पनि रून्छन्। आसु निस्कने बेला संकोच मान्दैन , अनि मलाई रुन किन संकोच? सबैलाई आफ्नो पीडा व्यक्त गर्न मद्दत गर्ने भाषा कसरी कमजोर हुन्छ? पिँडा त सबैका बराबर हुन्छन् तर त्यो एउटा पुरुष लाई पनि सोध न जिवन र परिवार धान्न कति सकस गर्छ ? महिला त महान हुन् जो पिडामा पनि हाँस्न सिकाउँछिन। म त भन्छु डाको छोडी छोडी रुनु मनका दुख मनमा नराखी आसुको शाहरा लिएर व्यक्त गर्नु समाज भन्दै गर्छ छोरो मान्छे भएर नि रुन्छन र ?







