प्यूठान । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) प्यूठानले शिक्षा क्षेत्रमा पनि प्यूठान नगरपालिकाले व्यापक राजनीति गरेको आरोप लगाएको छ ।
संगठनले मंगलबार बिहान बिजुवारमा पत्रकार सम्मेलन गर्दै प्यूठान नगरपालिकाले शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा आफू अनुकूल आफ्ना कार्यकर्ता भर्ना गरेको आरोप लगाएको हो ।
हाल संघिय मामिला मन्त्रालयले प्यूठान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको कामकाजको लागि अधिकृत छैटौँ खटाईएको अवस्थामा नगरपालिकाले शिक्षक विष्णु पोख्रेललाई जिम्मेवारी दिनु व्यापक राजनिती भएको अनेरास्ववीयु प्यूठानका संयोजक जाल बहादुर केसीले बताए । `नगरपालिकाले विद्यालयमा कार्यरत शिक्षकलाई पठनपाठनमा खटाउनुको साटो नगरपालिकाको आन्तरिक कामकाजमा व्यस्त बनाउनु आफैमा लज्जास्पद र निन्दानीय कार्य हो ।´ उनले भने ‘उक्त शिक्षकलाई विद्यालयमा पठनपाठन कार्यमा खटाउन नगरपालिका समक्ष हाम्रो संगठन जोडदार माग गदछौँ ।´
यसका साथै नगरपालिकाले ५ दिनभित्र उक्त निर्णय फिर्ता नलिए आन्दोलनका थप कार्यक्रम घोेषणा गर्ने संयोजक केसीले बताए ।







