काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सूचना जारी गर्दै कारोना जोखिमका कारण स्थगित भएका परीक्षा यहीँ फागुन १ गतेदेखि सुरु गर्ने जानकारी गराएको हो ।
परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाहरूको तालिकासमेत सार्वजनिक गरेको हो ।







