पौष २१ अमेरिका एजेन्सी / अमेरिकाको ड्रोन आक्रमणमा परी ज्यान गुमाएका जनरल कारिम सुलेमानीको शव उनको जन्मस्थान तेहरान पुर्याइएको छ । सुलेमानीकी छोरीले भनिन्: तिम्रा दु:खका दिन आए ।उक्त आक्रमणमा इराकी सेनाका कमान्डर तथा प्रमुख कतइब हिजबुल्ला, अबु महदी अल–मुहान्दिसलगायत पाँचजनाको ज्यान गएको छ ।
इरानी जनरलको शव इरान उडाउनुअघि बगदादमा हज्जारौं मानिसहरु उनको शोक सभामा उपस्थित भए । सुलेमानीको शव तेहरानमा पुर्याउनुअघि उनलाई सोमबार तेहरान युनिभर्सिटीमा अन्तिम श्रद्धाञ्जली दिइनेछ भने मंगलबार उनको जन्मस्थान केरमान पुर्याउनुअघि मासुमेह श्राइनमा पनि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।
सुलेमानीको शवलाई अन्तिम श्रद्धाञ्जली दिन मानवसागर उर्लिएको देख्न सकिन्छ ।