काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १७५ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा ८ हजार ७२३ जनाले कोरोना संक्रमणमुक्त भएका छन् भने १४ संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित छन् ।







