काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा ११०३ र ३ हजार २८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६११ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही अवधिमा ४ हजार ७७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।







