• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्रचण्ड, माओवादी नेता वा व्यक्ति मात्र होइनन् , एकाईसौ सताब्दिका नेतृत्व पनि हुन् ।


  •     / २०७६, २१ पुष सोमबार १०:४६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुचना डबली संबाददाता पौष २१ काठमाडौं / विश्व उपनिवेशको पञ्जामा हुँदा नेपाल एक स्वतन्त्र शक्तिशाली राष्ट्रको रुपमा विश्वलाई चक्मा दिदै अडिरह्यो। हिमालयको देशका हामी नेपालीले कुनै साम्राज्यको दास बन्नु परेन, सगरमाथाले झुक्नुपरेन, झुकेन । यतिमात्र होईन, हाम्रा पुर्खाले विकास गरेको सभ्यता कहिल्यै मगन्ते बनेन, पुर्खाहरुले कसैसँग हात फैलाएन । बरु हाम्रै पुर्खाले बाहिरी विश्वलाई उद्धार भावले सहयोग गर्‍यो। यति गौरवपुर्ण ईतिहास हुँदाहुँदै पनि पुर्खाहरुले विकास गरेको राजनीतिले समाजमा समतामुलक र न्यायिक शासन व्यवस्थाको विकास गर्न सकेन ।
    देशको मुल नेतृत्व वंशीय बन्यो, देशका कयौँ भुभागहरु आन्तरिक उपनिवेश जस्तै बन्न पुगे, जनजाती, महिला, दलित धार्मिक अल्पसंख्यकहरु राज्यविहिन जस्तै बने, राज्यले अविभावकत्व दिन सकेन, अझ समाजका सिमान्तकृत समुदायलाई उत्पीडनको गह्रुँगो भारी थोपरियो। समय बदलियो, विश्व राजनीति र शक्ति सन्तुलनमा बद्लाव आयो तर हाम्रो राज्यले स्रोतहरु जनताको आवश्यकतासँग जोड्न नसक्दा, प्राकृतिक सोत र साधनहरुको पहिचान र विकास गर्न नसक्दा देश धर्मराउन थाल्यो, जनताका आवश्यकतालाई शासकले अवमुल्यन गर्दा देशले कैयौं पटक आन्तरिक लडाई लड्नुपर्यो, आफ्नै लागी लड्दा लड्दै, सपना देख्दादेख्दै कैयौँ योद्धाहरु शहिद भए कैयौँ बाचेर संघर्षमै छन्। हिजोको गौरवताका योद्धाहरु शहिद भए केही बाचेर सघर्षमै छन्। हिजोको गौरवता आज निरीह बनेको छ, कयौँ सपनाहरुले देश विर्सिए आफन्त विर्सिएर पलायन भएका छन्, हामी मगन्तेमा रुपान्तरण भएका छौँ फेरि पनि हामी सपना देख्दैछौँ ।
    विदेशमा बस्ने नेपालीहरु पराईको देशमा बसेर नेपालमा विकास किन भएन ? भनी प्रश्न गर्छन। लाग्छ नेपालमा ती मनुवाहरुले बधुवा कामदार राखेर विदेशमा ऐस आराम गर्न सयर गरिरहेका छन्। अमेरिका, वेलायत, रुस, चिन जस्ता विकसित देशहरु कसरी विकसित भए ? अमेरिका बाहिरी विश्वका लागी सपनाको भुमी कसरी बन्यो ? प्राकृतिक स्रोत कुनै देशसँग बढी होला कुनैसँग कम तर विकास सम्भावना सवै देश र भुगोलको उस्तै हो विकास समय सपेक्षताको गति हो । अमेरिकामा लोभ लाग्दा सडकहरु, सुत्न मिल्ने रेल स्टेसन, पानी पिउन मिल्ने नदिहरु आफैं बनेका होईनन्‌, अमेरिका अमेरिका बन्न, वेलायत-वेलायत बन्न र जापान जापान बन्न नागरिकको रगत र पसिना माटोमा सिंचित भएका छन् । पुर्खाहरुको रगत र पसिनालाई अमेरिकिहरु सम्मान गर्छन, जर्मनहरु माया गर्छन तर नेपालीहरु…। एउटा देशको नागरिकलाई देशको माया हुनुपर्छ, पुर्खाका कामप्रति गौरव हुनुपर्छ, चाहे दुनियाँको कुनै पनि ठाउँमा बसेर विश्व मानव जातीको सेवा गरोस्‌ ।
    तर अमेरिकामा बस्ने केही डिभीधारीहरु अमेरिका आफैले बनाएको ठान्छन। त्यहाँको मानव अधिकारका मसिहा आफैलाई सम्झन्छन र अमेरिकी सरकार पनि आफ्नै सम्झन्छन। अमेरिकामा बसेर घटिया व्यवहार गर्छन, देशको वेइजतीमा, अविभावकको वेईजतीमा गर्भ गर्छन ।
    लाग्थ्यो नेपालीहरु विदेश गए पश्चात तिनीहरुको खोपडी बदलिन्छ होला तर मिथ्या रहेछ । देशको अभिभावक, विश्व राजनितिको केन्द्र भाग, विश्व राजनीतिले नेता स्वीकारेको एउटा व्यक्तित्व, दक्षिण एसियाको सम्मानित नेता अमेरिका भ्रमणमा जाँदा अमेरिकामा बस्ने डिभीधारीहरुले एउटा नाटक मन्चन गरे । सायद उनीहरुलाई लाग्यो होला प्रचण्डको वेईजत गर्दा मिडिया पात्र बन्न सकिन्छ तर एकाध मानिसहरुका कर्तुत कार्यले देशको वेईजत भयो, देशको शिर निहुरियो, बलिदानीको अवमुल्यन भयो । यदि प्रचण्डको ठाउँमा शेरबहादुर हुन वा केपी जोसुकै हुन नेपाली भएर विदेशी माटोमा आफ्नै अविभावकको वेईजत गर्नु के एउटा असल मानवता र बौद्धिकता हुनसक्छ ?
    साच्चै नेपालीले त्यसो गर्न सक्दैन, यदि नेपालीको नाममा कसैले गर्छ भने त्यो स्मार्ट एजेन्ट हुनुपर्छ। देउवा, वली वा प्रचण्ड जोसुकैको अन्तराष्ट्रिय माटोमा वेईजत हुँदा नेपाली सगरमाथाको इज्जत बढ्न सक्दैन, गौतम बुद्धको गौरव बढ्न सक्दैन । देशमा संघियता आएको छ, वंशको आधारमा सत्ता दोहन गर्नेहरु हारेका छन्, स्थानिय जनताका सरकार बनेका छन्, हिमाल, पहाड, तराई, जाती जनजातीहरुका मुद्धाहरु स्थापित भएका छन्, समाजमा सदियौदेखि उपेक्षित दलित समुदायले अधिकारको अनुभुति गर्न पाएको छ, लैंगिक मुद्धाहरु बलियो रुपमा स्थापित भएका छन् यी सवै उपलब्धिहरु कसको कारणले प्राप्त भए ? कोही कसैले प्रचण्डको योगदानमा कन्जुसाई गर्नु हुदैन ।
    हिजो प्रचण्डले अख्तियारी गरेका मुद्धाहरु स्थापित हुदा गर्भ गर्नेहरुले प्रचण्डलाई अपराधी देख्नु आतंककारी देख्नु र पराईको माटोमा देशको अविभावक माथी निर्लज्ज भएर प्रहार गर्नु प्रचण्ड भन्दा देश प्रतिको प्रहार हो, अहिलेका उपलब्धि माथीको प्रहार हो। देशको वेईजती गरेर कसैले पुरस्कृत हुने रहर गर्छ भने त्यो माटोप्रति, पुर्खाप्रति, राष्ट्रियताप्रति, आफ्नै आमा र सन्तानप्रति अनुउत्तरदायीत्वको पराकाष्टा हो । पछिल्लो समय नेपाली राजनितिमा संकुचितता भयावह रुपमा विकास भएको छ । हामीले नेपालमा बस्ने अमेरिकीहरु देखेका छौ तर अमेरिका बस्ने निच व्यवहार नेपाली जस्ता अमेरिकनहरु कोहि देखिदैनन् यहाँ।

    स्वभाविक रुपमा नागरिकमा राजनितिक, सामाजिक र बैचारिक मत-भिन्नता हुनुलाई अन्यथा लिनु हुदैन र देशको नेतृत्वको रक्षा कसरी गर्ने, देशको छवि अन्तराष्ट्रिय जगतमा कसरी संग्लो र उच्च पार्ने भन्ने सोच विश्वका जुनसुकै देश र भु-भागमा बस्ने नेपालीमा हुनु पर्छ। होईन भने दास बौद्धिकता, पलायन बौद्धिकता र व्यापारीक बौद्धिकता अहिलेको नेपाली समाजका लागि आवश्यक छैन र होईन पनि ।
    अहिले नेपाली जनताले प्राप्त गरेका राजनैतिक अधिकार कसैले पुरस्कारको रुपमा बक्सिएको होईन, तिनै प्रचण्ड, केपी र देउवाको पुस्ताको नेतृत्वको त्याग र बलिदानले प्राप्त गरेका परिणाम हुन। भलै हाम्रो राजनितिमा ईमान्दारीताको विकास हुन सकेको छैन, नैतिकताको संकट अहिले पनि छ, भ्रष्टहरुलाई निरुत्साहित गर्न सकिएको छैन, हाम्रो पुस्ताले यसका विरुद्ध लड्न बाकी छ। डिभि चिट्ठा बाट अमेरिका प्रवे

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपति र प्रधानमन्त्रीले दिए माघे संक्रान्तिको शुभकामना
    परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै
    प्रधानमन्त्री ओली धनगढी जाँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • २. घट्यो सुनको मूल्य

    • ३. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ४. बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

    • ५. निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. घट्यो सुनको मूल्य

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.