काठमाडौँ । आज बुधबारबा फेरि माैसममा खराबी देखिन थालेको छ ।
मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
यस्तै, बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
राति सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ मा वर्षाको सम्भावना छ। बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएकाे छ।







