काठमाडौँ । सेयर बजार कारोबार मापक (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।
बुधबार नेप्से परिसूचकमात्रै होइन कारोबार रकमसमेत सुस्ताएको हो ।
सेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २ हजार ८ सय १३ दशमलव ४७ अंकमा झरेको छ ।
दिनभर भएक ४५ हजार ११२ कारोबारबाट २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् ।







