• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अब नेपाली कामदार जापान जान पाउने


  •     / २०७६, २१ पुष सोमबार प्रकाशीत

  • Advertisement

    जनवरी ६ ,जापानमा रोजगारी: यो वर्ष ‘झन्डै आठ हजार नेपाली आवेदकले भाषा र सीपको परीक्षा नेपाल र जापान सरकारबीच भएको समझदारीअनुरूप गत वर्षदेखि सुरु भएको नेपाली कामदार लैजाने प्रक्रियालाई जापानले यो वर्ष थप तीव्रता दिने भएको छ।
    सन् २०१९ मा नर्सिङ केअरगिभरका लागि १,००० आवेदकले परीक्षा दिन पाएका थिए।
    अब वर्षभरि नै परीक्षा लिने कामलाई निरन्तरता दिइने जानकारी जापानले नेपाललाई गराएको अधिकारीहरूले बताएका छन्।

    “जापानले एकदुई महिनाको फरकमा नेपाली कामदार लैजान परीक्षा लिने जानकारी गराएको छ। त्यसरी परीक्षा लिने हो भने वर्षमा झन्डै ८,००० नेपालीले परीक्षामा भाग लिन पाउनेछन्,” श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले भने।
    ज्यानुअरीमा १,००० जना र मार्चमा १,३०० जनाको परीक्षा लिन जापान फाउन्डेशनले तालिका सार्वजनिक गरिसकेको छ।

    जापान जाने ‘नेपाली कामदार नठगिने उपाय’को खोजी

    नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो
    परीक्षामा लिँदा समस्या
    गत वर्ष नर्सिङ केअरगिभरको काममा जान झन्डै १३,००० जनाले आवेदन दिएका थिए।
    तर पहिला आवेदन दिनेमध्येबाट गोलाप्रथा गरेर केवल १,००० जना परीक्षाका लागि छानिएकाले सक्षम आवेदकले अवसर नपाएको नेपाली अधिकारीहरूको भनाइ छ।
    अब परीक्षार्थीको सङ्ख्या र परीक्षामा सहभागी गराउने विधिबारे नेपाल र जापानका अधिकारीहरूले छलफल गर्नेछन्। त्यसका लागि दुई पक्षबीच भिडिओवार्ता हुने बताइएको छ।
    जापानको एउटा किनमेल केन्द्रमा कामदार तथा ग्राहक। जापानमा विभिन्न क्षेत्रमा कामदार अभाव भएपछि केही एशियाली देशका कामदार लैजाने तयारी भएको हो
    उपसचिव ढकालले भने, “जापानले भिडिओवार्ताका लागि समय मागेको छ। त्यसमा पनि कुरा राख्छौँ र समझदारीअनुरूप दुवै देशका प्रतिनिधि रहेको प्राविधिक समितिको बैठक बोलाउन पत्राचार गरिसकेका छौँ।”
    परीक्षामा सबै आवेदकलाई सहभागी गराइनुपर्ने वा मूल परीक्षाअघि प्रारम्भिक परीक्षा लिएर त्यसबाट छानिएका आवेदकलाई सहभागी गराउनुपर्ने भनाइ नेपाली पक्षको छ।
    जापानसँग भएको समझदारीमा नर्सिङ केअरगिभरबाहेक अन्य १३ वटा क्षेत्रमा पनि नेपाली कामदार लैजाने उल्लेख छ।
    उक्त विषय प्राविधिक समितिको बैठकमा छलफल हुने र यो वर्ष अरू क्षेत्रका लागि पनि परीक्षा सुरु हुने अपेक्षा नेपाली पक्षको छ।
    गत वर्ष मार्च महिनामा नेपाल र जापानका अधिकारीहरूले श्रमसम्बन्धी एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए।

    सीप र तालिम

    पहिलो परीक्षामा नेपाली आवेदकहरू भाषा र सीप परीक्षा दुवैमा निकै कमजोर देखिएको बताइन्छ।
    त्यसैले जापानमा रोजगारी गर्न जाने आकाङ्क्षीका लागि सीपविकास र भाषाप्रशिक्षणमा पनि लगानी गर्नुपर्ने देखिएको छ।
    जापानले निजी इन्स्टिट्यूटमा जापानी भाषा पढाउने शिक्षकलाई जापानमै लगेर प्रशिक्षण दिएको थियो।

    जापानले अर्को वर्ष ‘अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने’

    नेपाल र जापानबीच श्रमसम्बन्धी समझदारी

    तिनै भाषा प्रशिक्षण केन्द्रमार्फत् पाठ्यक्रम अन्य आवश्यक सामग्री उपलब्ध गराउने जानकारी जापानले नेपाललाई गराएको छ।
    तर सीपविकासमा नेपाल आफैँले अहिलेसम्म ठोस कदम चालेको नदेखिने जानकारहरू बताँउछन्।
    विद्यमान प्रशिक्षण केन्द्रबाट उपयुक्त खालका सीप सिकाउन तालिम दिने विषयमा छलफल भइरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.