प्यूठान । आफन्तको दाहसंस्कार गरी फर्केका मलामीमाथी प्यूठानमा बुधबार युवाहरूको एक समूहले कुटपिट गरेको छ ।
बुधबार दिउँसो जिल्लाको झिमरुक नदीमा आफन्तको दाहसंस्कार गरी फर्केका मलामीमाथी भएको आक्रमणको विरोध गर्दै युवा संगठन नेपाल, प्यूठानले घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।
बिहिबार युवा संगठन नेपाल, प्यूठानले एक विज्ञप्ती जारी गर्दै सासुआमाको दाहासंस्कार सकेर मलामीसहित फर्किदै गरेको बेला २०/२५ जना युवाको समुहले एक्कासी आक्रमण गर्दा संगठनका सदस्य बुद्ध बहादुर नेपाली घाईते भएको भन्दै कारवाहीको माग गरेको हो ।
घटना संलग्न रहेकामध्ये ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो रिसिवीका कारण घटना भएको प्रारम्भीक जानकारी आएको गैरेले बताए ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।








