मेष : आजको दिन राम्रै छ। पूर्वाधभन्दा अपरान्हको समय फलदायी देखिन्छ। आर्थिक, वैदेशिक र राजनीतिक क्षेत्रभन्दा व्यापार, व्यवसायमा राम्रो छ। आफ्नैले धोखा दिनेछन्।
वृष : आफ्नै बोलीले गर्दा समस्यामा पर्ने सम्भावना छ। विचार गरेर मात्र बोल्ने अभ्यास गर्नुहोला। आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा सामान्य रहेपनि वैदेशिक क्षेत्रमा भने निकै राम्रो छ।
मिथुन : आजको दिन राम्रो छ। आफ्नो बोलीले धेरै मानिस प्रभावित बनाउने योग छ। वैदेशिक, व्यापारिक, राजनीति, सामाजिक क्षेत्र यथास्थितीमा रहेपनि शिक्षाको क्षेत्रमा भने तपाईँको श्रम लगानीबाट उल्लेखनीय उपलब्धि प्राप्त हुनेछ।
कर्कट : आजको दिन ठिकै राम्रो छ। दिनको पूर्वाधभन्दा अपरान्हको समय राम्रो छ। शिवजीलाई स्मरण गरेर थालनी गरेको काम फलदायी हुनेछ।
सिंह : आजको दिन राम्रै छ। शिक्षा क्षेत्रमा गरेको लगानीले उल्लेखनीय उपलब्धि हुने सम्भावना छन्, लगानीका लागि आँट गर्नुहोला।
कन्या : आजको दिन सामान्य राम्रो छ। दाजुभाइ दिदीबहिनीबाट ठूलो आश नगर्नुहोला। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ।
तुला : आजको दिन ठिकै्र छ। राजनीति क्षेत्रमा राम्रो रहेको छ। आफूले अगाडि सारेका एजेण्डाले प्रभाव बढाउनेछ। गोपनीयता भंग हुने भएकाले होसियर भएर व्यवहार गर्नुहोला।
वृश्चिक : दिन सामान्य छ। वैदेशिक क्षेत्रमा रहेका पुराना साथीहरुबाट सहयोग मिल्नेछ। लगानीले राम्रो नतिजा हात लाग्नेछ। नाम र दाम कमाउने योग छ।
धनु : दिन सामान्य छ। पैतृक सम्पत्ति परिचालन गरेमा राम्रो परिणाम देखापर्ने योग छ। आफ्ना बन्धुहरुबाट सकारात्मक सहयोग मिल्नेछ । गणेश भगवानलाई दुबो चढाएर शुभकार्यको थालनी गर्नुहोला।
मकर : दिन राम्रो छैन। काममा ढिलासुस्ती हुनेछ। तर्क बितर्कले गर्दा विवाद उत्पन्न हुनेछ। एकाबिहानै बुबाआमालाई प्रणाम गरेर दिनचर्या सुरु गर्नुहोला।
कुम्भ : दिन राम्रो छ । बोलीमा ठूलो शक्ति रहनेछ। आफ्नो बोलीमार्फत परोपकार गर्नुहोला त्यसले कल्याण गर्नेछ। सेयरमा गरेको लगानीले फाइदा हुनेछ। राजनीति क्षेत्रमा तपाईको प्रभाव निकै राम्रो रहनेछ।
मिन : दिन ठिकै राम्रो छ। धार्मिक, सामाजिक, व्यापारिक क्षेत्र सामान्य रहेपनि वैदेशिक क्षेत्रमा गरेको लगानीले तपाईको कायापलट हुनेछ। काम र दाम हात लागेर उल्लास मिल्ने योग छ।







