
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण थपिएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनाको स्वास्थ्य परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सोही अवधिमा २ हजार ३१९ कोरोना संक्रमणमुक्त भएका छन् भने थप ८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २० हजार ७३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।