दाङ । टिप्परको ठक्करबाट दाङमा एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा राप्ती गाउँपालिका-२ की ३२ वर्षीया डिला पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
मंगलबार बिहान साढे ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले पौडेललाई ठक्कर दिएको थियो ।
घटनापछि मृतकका आफन्त तथा स्थानीयले राजमार्गमै शव राखेर दोशीलाई कार्वाही गर्नुपर्ने माग राख्दै सडक बन्द गराएका छन्।







