काठमाडौँ । बुधबार विभिन्न ६ राजनीतिक दलले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
विभिन्न राजनीतिक दलले फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृह मन्त्रालयले कानुन विपरितका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर सुरक्षा सतर्कता बढाउन अनुरोध गरेको हो ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका छन् ।








