बुटवल, फागुन ७ । सरकारले एमसीसी संसदमा टेवुल गर्न लागेको भन्दै सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस समितिले क्याम्पस गेटबाट गोलपार्क चोकसम्म राके जुलुस सहित बिरोध प्रदर्शन गरेको छ ।
क्याम्पस समितिले राष्ट्रियताको रक्षा गरौं, सार्वभौमिकताको रक्षा गरौ, वैदेशिक हस्तक्षेप मुर्दावाद भन्दै नारा जुलुस साथै पम्प्लेट सहित राकेजुलुस निकालिएको हो । गेटबाट सुरु भएको राकेजुलुस गोलपार्क चोकमा गएर कोणसभामा परिणत भएको थियो ।कोणसभाको सम्वोधन गर्दै संगठनका केन्द्रिय सदस्य टेकराज रेग्मीले वैदेशिक हस्तक्षेप स्वीकार्य नहुने र राष्टियताको पक्षमा एक हुन नागरिकहरुलाई आह्वान गरे ।
कोणसभाको संचालन ईकाई सहसचिव दिपक खत्रीले गरेका थिए भने, कार्यक्रममा जिल्ला उपाध्यक्ष टिकाराम आचार्य, विद्यार्थी नेताहरु गगन रेस्मी, केसब पौडेल, बिज्ञान भाट क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।







