बुटवल, फागुन २० । उजिरसिंह मा.विमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अभ्यास शिक्षणमा सहभागी बुटवल बहुमुखी क्याम्पस तथा सिद्दार्थ गौतम बुद्धको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा सगरमाथा सदन प्रथम भएको छ भने द्वितिय अन्नपूर्ण सदन भएको छ । यस्तै तृतीय माछापुच्छ्रे सदन र सान्त्वना धौलागिरी सदन भएको छ । विजेता सदनहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
अमर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रधानाध्यापक पदम राज ज्ञवाली, विशिष्ट अतिथि सहायक प्रधानाध्यापक बसुन्धारा भुसाल रहेका थिए । बालकृष्ण भुषालको स्वागत मन्तव्य सुरु भएको कार्यक्रममा संचालन निमा गिरीले गरेका थिए । कार्यक्रममा शिशिर के.सीले शुभकामना मन्तव्य राखेका थिए ।








