बुटवल, चैत १२ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अर्घाखाँची–रुपन्देही सम्पर्क समन्वय समितिको वृहत भेला बुटवलमा सम्पन्न भएको छ ।
नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश समितिका इन्चार्ज चन्द्रपाणि खनाल (बलदेव)को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको छ ।
भेलाले बाबुराम खनाल इन्चार्ज रहने गरी प्रकाश खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्णा केसी, कमल जि.सी, तुल्सी रास्कोटी, सचिवमा दिपक बस्याल , सहसचिवमा शुरेस भट्टराई, कोषाध्यक्षमा बसन्ता खनाल रहेका छन् ।
भेलामा नेताहरु अनिल किसोर घिमिरे, निमानन्द गैरे, राजेन्द्र भुसाल, हरि घिमिरे, अनुप पोख्रेलले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए भने भेलाको अध्यक्षता बाबुराम खनाल र सञ्चालन टिकाराम आचार्यले गरेका थिए ।