काठमाडौँ, चैत्र २५ । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधीका लागि लुम्विनी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
पाल्पाको तानसेनस्थित रानीमहलमा सम्पन्न पहिलो सेमिफाइनलमा भावना डांगी र सरस्वती कट्टेलको जोडी लुम्बिनीले भागरथी जोशी र बबिता बोहराको जोडी सुदूपश्चिमलाई २–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनलमा नेपाल पुलिसले पनि गण्डकी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
लुम्विनी प्रदेश र नेपाल पुलिस क्लवविचको फाइनल खेलशनिबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।







