काठमाडौँ, चैत्र २५ । अर्घाखाँचीको सन्धिखर्क २ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
प्युठानको स्वर्गद्वारीको दर्शन गरेर अर्घाखाँचीको सुपा देउरालीका लागि छुटेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै आज दुर्घटना हुदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।







