• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

विश्व शान्तिमा हालसम्म ७२ जना नेपाली सैनिककाे सहादत


  •    सुचना डबली डेस्क / २०७८, २६ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, चैत्र २६ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिकको निधन भएको छ।

    कंगोमा खटिएको नेपाली सेनाको श्री क्युआरएफ (शान्ति सेना) पाँचौं डफ्फामा कार्यरत सुर्खेत गुर्भाकोट नगरपालिका–१४ का ३२ वर्षीय अनिल गुरुङको निधन भएको हो। नेपाली शान्ति सैनिकहरूले त्यहाँका विद्रोही सशस्त्र समूहलाई निरुत्साहित गर्न पछिल्लो समय अपरेसन ‘बाली’ सञ्चालन गरेको थियो। सोहीअनुसार मंगलबार प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीले ‘कर्डन एन्ड सर्च’ कारबाही गरेर विद्रोहीको इलाका कब्जा गरेको थियो।

    त्यसपछि विद्रोहीहरूको जवाफी ‘चोरी’ फायरबाट गुरुङ घाइते भएका थिए। त्यसपछि उनको उपचारका क्रममा बुधबार निधन भएको हो। विश्व शान्तिका लागि खटिएर ज्यान गुमाउने गुरुङ पहिलो नेपाली शान्ति सैनिक भने होइनन्। नेपाली सेनाको सैनिक मुख्यालयका अनुसार यसअघि ७१ जनाले ज्यान गुमाइसकेका थिए।

    पछिल्लोपटक गत मंसिरमा मात्रै दक्षिण सुडानमा खटिएको श्री हाई रेडिनेस गुल्म (शान्ति सेना) पाँचौं डफ्फामा कार्यरत दीपेन्द्र बस्तीले ज्यान गुमाएका थिए। यो खबर नागरिक दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.