• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अमेरिकाको एक विद्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु


  •    सुचना डबली डेस्क / २०७८, २६ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, चैत्र २६ । अमेरिकाको न्यु योर्क शहरस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । न्यु योर्क शहरको ब्रन्क्स जिल्लामा रहेको साउथ ब्रन्क्स विद्यालयमा बन्दुकधारीले जथाभावी गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

    मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको जनाइएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एबीसी ७ न्यु योर्कले जनाएअनुसार घटना स्थानीय समय अनुसार सबेरै दुई बज्नुभन्दा अघि भएको हो ।

    प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको बुझिएको छ । अमेरिकामा बारम्बार यस्ता गोलीकाण्डका घटना हुँदै आएका छन् । अमेरिकी संविधानको दोश्रो संशोधनमै बन्दुक राख्न र बोक्न पाउने अधिकार दिइएकाले बन्दुकले अमेरिकामा एक किसिमको संस्कृति पहिचान नै स्थापना गरेको बताइन्छ ।

    यद्यपि आलोचकहरूले भने बन्दुक संस्कृतिका कारण गोलीकाण्डका घटनाहरू हुने भन्दै यस्तो व्यवस्था हटाउन माग गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.