• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्वर्गद्वारीमा युवाले चलाए नमुना युवा नगरसभा


  •    सुचना डबली डेस्क / २०७८, २६ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    प्यूठान, चैत्र २६ । स्वर्गद्वारी नगरपालिकामा युवाहरुले नमुना युवा नगरसभा सञ्चालन गरेका छन् ।

    नगरपालिका भित्रका युवाहरुले शैद्धान्तिक र प्रयोगात्मक अभ्यास गर्दै नगरसभा सञ्चालन गरेका हुन् । कार्यक्रमका सहभागी युवाहरुलाई तीन दिनसम्म प्रशिक्षण दिएपछि शनिवार नमुना युवा नगर सभा सञ्चालन गरिएको हो ।

    कार्यक्रम समापनमा बोल्दै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले युवाहरुले सञ्चालन गरेको नमुना नगरसभाको प्रयोगात्मक अभ्यास राम्रो भएको बताउनुभयो । उहाँले युवाहरुलाई क्षमता विकास गरेर आगामी दिनमा थप सक्रिय हुन आग्रह गर्नुभयो ।

    राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति प्युठानका अध्यक्ष रामचन्द्र केसीले शिक्षा, व्यक्तित्व र सीपको विकास गर्दै युवालाई व्यवसाय, स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उक्त कार्यक्रमले युवाहरुको व्यक्तित्व विकाससँगै नेतृत्व विकासमा सहयोग गर्ने भन्दै यो कार्यक्रम जिल्लाभर विस्तार गर्नुपर्ने उहाँको भनाई छ ।

    कार्यक्रमका प्रशिक्षक अशोक खनालले नमुना युवा नगरसभा अभ्यासमा सहभागीहरु आगामी निर्वाचनमा निर्वाचित हुने गरि अघि बढ्न तालिमले क्षमता विकास गरेको बताउनुभयो । आगामी दिनमा स्वर्गद्धारी नगरपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिन समेत उहाँले सुझाव दिनुभयो ।

    स्वर्गद्वारी नगरपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषद् जिल्ला युवा विकास समितिको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । युवाहरुको सवाल पहिचान र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजनकले जनाएको छ । कार्यक्रममा नगरपालिकाका १६ वर्षदेखि २४ वर्षसम्मका युवाहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.