• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

उपत्यकामा पहिलो फ्लाई ओभरकोे तयारी


  •    सुचना डबली डेस्क / २०७८, २८ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, चैत्र २८ । सरकारले काठमाडौं उपत्यकामा पहिलो फ्लाई ओभरको निर्माणका लागि जाइनको काम सुरु गरेको छ । काठमाडौं उपत्यकामा अत्यधिक जाम हुने गरेको ललितपुरको ग्वार्को चोकमा पहिलोपटक फ्लाई ओभर निर्माणअन्तर्गत सर्वेक्षणको काम सम्पन्न भई त्यसको ढाँचा ९डिजाइन० तयारको काम सुरु भएको हो ।

    सरकारको सो फ्लाई ओभरको चाँडो निर्माणको काम अघि बढाउने तयारी छ । आगामी दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण कार्य अघि बढाउने योजनामा सरकार रहेको पाइएको छ । १९ फागुनमा डिजाइन सुरु भएकोमा आगामी १६ असारसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । निर्माण थालिएपछि २० महिनामा काम सक्नुपर्नेछ । सरकार आफैंले ईपीसी ९इन्जिनियरिङ प्रोक्युअमन्ट् एन्ड कन्सट्रक्सन०सँग सम्झौता गरेर उपत्यकामा पहिलो फ्लाई ओभर निर्माण गर्न लागेकोे हो ।

    सरकारले ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्ने तयारी गरेसँगै त्यस ठाउँमा ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण विषयका रूपमा आएको छ । महानगरीय ट्राफिक महाशाखाले ग्वार्को चोक यातायातको उच्च चाप हुने स्थान भएकाले समस्या उत्पन्न हुन सक्ने जनाउँछ । फ्लाई ओभरको जगको काम गर्दा मुख्य सडक अवरुद्ध हुने भएकाले त्यसको विकल्प भने खोज्नुपर्ने देखिएको छ । त्यसो त फ्लाई ओभर निर्माण सम्पन्न भएपछि ग्वार्को चोकमा ट्राफिक व्यवस्थापनको संरचनामासमेत परिवर्तन हुने बताइएको छ ।

    अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै फ्लाई ओभरको उचाइ ६ मिटर हुनेछ । निर्माण सम्पन्न भएपछि मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुलमुनिबाट जानेछन् भने फ्लाई ओभरमाथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् । काठमाडौं उपत्यकामा हाल कलंकी चोकमा अन्डरपासमार्फत सवारीसाधन चल्ने गरेका छन् । चक्रपथमा चल्ने सवारीसाधन अन्डरपासमार्फत पास हुने गरेका छन् भने कालिमाटीबाट नागढुंगा र नागढुंगाबाट अन्यत्र जाने सवारीसाधन पुलमाथिबाट आवतजावत गर्ने गरेका छन् ।

    चीन सरकारले पहिलो खण्डको सडक विस्तार गर्दा खसीबजारबाट कलंकीसम्म अन्डरपास निर्माण गरेको थियो । यो नै नेपालमा निर्माण भएको पहिलो ‘अन्डरपास’ हो । हाल काठमाडौं उपत्यकाको जाम कम गर्ने उद्देश्यसहित ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्न लागिएको सरकारी पक्षले जनाएको छ । राजधानी दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.