• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

विदेशी पर्यटकको संख्या बढ्दै


  •    सुचना डबली डेस्क / २०७८, २९ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, चैत्र २९ । कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको जानकारी दिनुभएको छ ।

    सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग २ हजार विदेशी पर्यटन नेपाल आउने गरेको जानकारी दिँदै महानिर्देशक भट्टराईले नेपाल भन्नुभयो– ‘अप्रिल ९ तारिखमा एकैदिन २ हजार ५ सय ९३ विदेशी नेपाल आएका छन्, यसबाट पर्यटक आगमन संख्या बढ्दै गएको पुष्टि हुन्छ ।’तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा ७८ हजार ९ सय ८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ ।

    विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको संख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिड–१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त हुने अनुमान गर्न सकिने महानिर्देशक भट्टराईको बताउनुभयो ।विभागले तयार गरेको विगत चार वर्षको तथ्यांक हेर्दा नेपालमा सन् २०१९ देखि सन् २०२१ को सम्मको अवस्थाको तुलना गर्दा सन् २०१९ सबैभन्दा राम्रो रहेको थियो ।

    त्यस वर्ष कुल ११ लाख ७५ हजार १५ जना विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, सन् २०२० मा २ लाख ८ हजार ६ सय ७६ जना पर्यटक नेपालमा आएका थिए । सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६४ विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए । कोभिड–१९ को संक्रमणका कारण सन् २०१९ को तुलनामा सन् २०२० मा नेपाल आउने पर्यटकको संख्या घटेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा
    अब टियूको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाटै प्राप्त गर्न सकिने
    स्वर्गद्वारी नगरपालिकाको कक्षा ८ को नतिजा सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • २. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    • ३. आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा

    • ४. सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना

    • ५. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    धेरै पढिएको
    • १. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • २. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ३. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ४. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.