• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

लुम्बिनी प्रदेशमा भागबन्डा मिलाउन गठबन्धनलाई सकस


  •    सुचना डबली डेस्क / २०७९, २ बैशाख शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २ । लुम्बिनी प्रदेशमा ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनको भागबन्डा वैशाख ६ गतेसम्म टुंग्याउने निर्णय गरेका छन्। शुक्रबार बुटवलमा बसेको ४ उपमहानगर( ३२ नगरपालिका सहित १०९ वटा स्थानीय तहको भागबन्डा टुंग्याउने निर्णय गरेका हुन्।

    बैठकमा वैशाख ४ गतेभित्र केन्द्र र प्रदेशको सर्कुलरलाई आधार बनाई सहमति गरी प्रदेशमा पठाउने निर्णय भएको छ। वैशाख ५ गते १०९ वटै पालिकाको भागबण्डा मिलाउन प्रयत्‍न गर्ने र मिल्न नसकेका विवादित विषयमा सबै जिल्लाहरुमा नेपाली कांग्रेसले समन्वय गर्ने निर्णय भएको नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले बताए। ५ गतेसम्म सहमति हुन नसकेका र नमिलेका विषय समेत उल्लेख गरी ५ दलको बैठकले निर्णय गरेर केन्द्रलाई जानकारी गराउने निर्णय भएको छ। ६ गतेभित्र केन्द्रीय निर्देशन अनुसार विवादित सबै पालिकाको टुंगो लगाउने निर्णय भएको हो।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले ५ दलीय गठबन्धन प्रतिगमनविरुद्ध मुलुकको आवश्यकताले बनेको बताउँदै इमान्दारितापूर्वक लागु हुने बताए। प्रदेशका १०९ वटै पालिका गठबन्धनले जित्ने उनको दाबी छ। एमालेले जितेका ४३ मध्ये कम्तीमा आधा पालिका र ४ वटा उपहानगरपालिका मध्ये एक वटामा आफूहरुको दाबी रहेको बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.