काठमाडौँ, वैशाख ३ । बजारमा काँचो सुनको मौज्दात सकिएपछि सुनचाँदीको व्यवसाय सुस्ताएको छ। बिबाहलगायका सामाजिक तथा धार्मिक कार्यका सिजन हुँदा पनि व्यवसायीले उपभोक्ताको माग पूरा पार्न पाएका छैनन् ।
रसिया र युक्रेनबीचको द्वन्द्वका कारण अन्तराष्ट्रिय बजार नै सुनको मूल्य बढ्दा नेपाली बजारमा प्रतितोला एक लाख दुई हजार रुपैयाँभन्दा माथि पुगेको छ। सुनको मूल्य अधिक बढेपछि नयाँ सुन खरिद गर्नभन्दा पनि ग्राहकले पुरानो गरगहना गालेर नयाँ बनाउँदै आवश्यकता पूरा गर्न थालेको व्यवसायीहरू बताउँछन्।
सुनको माग हुने मुख्य सिजनमा पनि सुन अभाव भएपछि अवैधरूपमा सुन भित्रिने चिन्ता बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिक रत्न शाक्यले बताए । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरू आयातका लागि प्रतीतपत्र ९एलसी० नखोल्न चैत अन्तिम साता वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएपछि बैंकहरूले सुन आयात नगरेको खबर गोरखापत्रमा छापिएको छ ।







