प्यूठान, वैशाख ४। स्वर्गद्वारी नगरपालिकामा स्वर्गद्धारीमा नेपाली काङ्ग्रेसलाई मेयर र राष्टिय जनमोर्चालाई उपमेयर दिने गरी गठवन्धनविच सहमति भएको छ ।
आइतवार गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्दै सहमति भएको जनाएको छ ।
विज्ञप्तिका अनुसार पालिकाको ४ वटा वडा राष्टिय जनमोर्चालाई, ३ वटा वडा नेपाली काङ्ग्रेसलाई र २ वटा वडा ने.क.पा माओवादि केन्द्रलाई दिने सहमति भएको छ ।








