प्यूठान, वैशाख ६ । मुक्ति माध्यमिक विद्यालय रातामाटामा लागू औषध दुव्र्यशनी विरुद्ध चेतनामुलक कार्यक्रम गरिएको छ ।
युवा हित मञ्च प्युठानको आयोजना र प्युठान नगरपालिकाको सहयोगमा प्युठान नगरपालिका ३ स्थित मुक्ति माध्यमिक विद्यालय रातामाटामा लागू औसध दुब्र्यसनी विरुद्ध चेतनामुलक कार्यक्रम गरिएको मञ्चको अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक दिपेन्द्र बानिया, प्युठान अस्पतालका मेडिकल अधिकृत डा. सञ्जय कक्षपति, प्युठान जिल्ला अदालतको मेलमिलापकर्ता अधिवक्ता धनलक्ष्मी श्रेष्ठले लागू औषधसम्बन्धी प्रशिक्षण गराउनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीलाई लागु औषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? भन्ने बारेमा प्रशिक्षण गराइएको थियो ।
कार्यक्रममा युबा हित मन्चका सल्लाहकार बिरबल के.सि, उपाध्यक्ष प्रचण्ड खड्का, विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।








