काठमाडौँ, वैशाख ८ । बलिउड अभिनेता अक्षय कुमारले फ्यानहरुसँग माफी मागेका छन् ।
आफ्नो स्वास्थ्य र अनुशासित जीवनशैलीका कारण चर्चामा आउने अक्षयले एक सुर्तीजन्य पदार्थको विज्ञापनमा अभिनय गरेपछि फ्यानहरुले सोसल मिडियामा प्रश्न उठाएका थिए । आफ्नो फ्यानहरुलाई सुर्तीजन्य पदार्थ सेवन गराउन विज्ञापनमा अभिनय गरेको आरोप लागेपछि अक्षयले सामाजिक सञ्जाल मार्फत माफी मागेका छन् ।
उनले आफूलाई प्राप्त प्रतिक्रियालाई सम्मान गर्ने बताउँदै आउँदा दिनमा त्यसको कदर गर्ने उल्लेख गरेका छन् । ‘मलाई प्राप्त प्रतिक्रियाको सम्मान गर्दछु । यद्यपि म सम्झौतामा बाँधिएको छु । मेरो विज्ञापनको प्रयोग मैले गरेको सम्झौताको समयसम्म हुनेछ ।यद्यपि मलाई उक्त विज्ञापनबाट प्राप्त रकमलाई म सामाजिक कार्यमा खर्चिने छु’ अक्षयले उल्लेख गरेका छन् ।







