काठमाडौँ, वैशाख १० । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०मा प्रवेश गरेका छन्।
आज आयोजित एक कार्यक्रममा उनलाई लोसपाका वरिष्ठ नेताहरू राजेन्द्र महतो, महन्त ठाकुरलगायतले पार्टीमा प्रवेश गरेका हुन्। हाल भइरहेको पार्टीमा रहँदा फेरि पनि नगरप्रमुख वा गाउँपालिका अध्ययक्षमा उम्मेदवारी दिन नपाइने भएपछि देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियानझै चलिरहेको छ।
उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा थिए।







