• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

एमालेभित्र गुट बन्दा उम्मेदवार छनोटमा विवाद


  •    सुचना डबली डेस्क / २०७९, १२ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १२ । नेकपा एमालेभित्र उम्मेदवार छनोट प्रक्रिया नमिलेको भन्दै विवाद उत्पन्न भएको छ। खासगरी पार्टीभित्र एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारीलगायतले पार्टीभित्र आफूनिकटका नेताहरूले टिकट पाउनुपर्ने भन्दै अडान राख्न थालेपछि मध्यमार्गी धार खोज्दा झन् विवाद भएको हो।

    पोखरा र विराटनगर, ओखलढुंगा, कैलाली, इलामलगायतका जिल्लामा ‘भूमिगत गुटगत’ समूह हाबी भएको स्रोतको दावी छ। उच्च नेताहरूले आफ्नो जिल्ला र आफू निकटका नेताहरूलाई अगाडि सार्न खोज्दा विवाद बढेको छ।

    पार्टीभित्रका कार्यकर्तालाई बेवास्ता गरेको बाहिरबाट आएका व्यक्तिले टिकट लिएको र टिकट छनोट प्रक्रियामा पार्टीको ध्यान नपुगेको भन्दै विवाद उत्पन्न भएको हो। महत्वपूर्ण स्थानमा विवाद आएका कारण सोमबार मात्रै सबै स्थानमा मनोनयन दर्ता गर्ने जनाएको छ। विवादकै कारण एमालेले विराटनगर महानगरपालिाको मेयरको उम्मेदवार टुंग्याएको छैन।

    एमालेका अध्यक्ष केपी ओली आफैंले त्यहाँको उम्मेदवार टुंगो लगाउने बताएका छन्। विराटनगरमा धेरैजना उम्मेदवार रहेका कारण त्यहाँ पार्टी अध्यक्ष ओली आफैंले टुंगो लगाउने भएका हुन्। प्रदेश १ को सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको उम्मेदवार छनोटको विषयलाई लिएर निवर्तमान उपमेयर कल्पना राईलगायतका नेताहरूले पार्टी छाड्न घोषणा गरिसकेका छन्।

    एमालेको सबैभन्दा बढी मतदात रहेको नगरपालिकामै विवाद देखिएको छ। त्यहाँ नेपाली कांग्रेसबाट भर्खरै एमाले प्रवेश गरेका विवादास्पद छविका काजी शेर्पालाई मेयरको उम्मेदवार बनाएपछि असन्तुष्टि देखिएको हो। काजी शेर्पालाई मेयरमा टिकट दिइएपछि निवर्तमान उपमेयर राईले एमाले परित्यागको घोषणा गरेकी हुन्।

    साथै जिल्ला कमिटी सचिवालय सदस्य वीरउदास श्रेष्ठ युवा संघका केन्द्रीय सदस्य योगेन्द्र श्रेष्ठले पनि पार्टी छाडेको घोषणा गरेका छन्। एमाले सोलुमा व्यापक असन्तुष्टि देखिएको छ। त्यहाँ एमालेका नगर अध्यक्ष मिङमा शेर्पालगायतका धेरै नेताहरू असन्तुष्टि जनाएका छन्। यो खबर नागरिक दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.