• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पाचँ पालिकामा निर्विरोध


  •    सुचना डबली डेस्क / २०७९, १३ बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख १३ । स्थानीय तहको निर्वाचनअन्तर्गत डोल्पाका तीन पालिकामा एकल उम्मेदवारी परेको छ। काइके, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकामा एकल उम्मेदवारी परेको हो। योसँगै यी तीनवटै पालिकाका अध्यक्ष र केही वडाहरूमासमेत निर्विरोध नेतृत्व चयन भएको छ। निर्वाचन आयोगले प्रक्रिया पुर्‍याएर यसको घोषणा गर्ने जनाएको छ। डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा अंगतकुमार राना निर्विरोध निर्वाचित भएका हुन्। उनी नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका हुन्। यो गाउँपालिकाका वडाध्यक्षहरू पनि निर्विरोध निर्वाचित भएका छन्।

    यहाँ एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए। यस्तै डोल्पाकै छार्काताङसोङ गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीकै उम्मेदवार सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली इन्जार्ज प्रकाश ज्वालाले डोल्पाबाट आफ्नो पार्टीले स्थानीय तहमा खाता खोलेको बताए। उनका अनुसार डोल्पाकै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा वाङ्जु गुरुङको एकल उम्मेदवारी परेको छ। उनी पनि समाजवादीकै हुन्। काइकेको अध्यक्षमा निर्विरोध चयन भएका राना र छार्काताङसोङ अध्यक्षमा निर्विरोध भएका गुरुङ यसअघि २०७४ को निर्वाचनमा पनि विजयी भएका थिए। उनीहरू दुवैजना केही साता अघिमात्र एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

    शेफोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावासम्डुक लामाको मात्र उम्मेदवारी परेको छ। एकल उम्मेदवारी परेसँगै उनी पनि निर्विरोध निर्वाचित भएको एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाहले बताए। शाहले गाउँपालिकामा एमालेको पूरै प्यानल नै विजयी भएको दाबी गरे। उनका अनुसार गाउँपालिकाको उपाध्यक्षमा एमालेकै छार्काताङसोङ लामा निर्विरोध भएकी छन्। यस्तै गाउँपालिकाका वडाहरूमा पनि एकल उम्मेदवारी परेको छ। मुस्ताङको पाँच स्थानीय तहमध्ये दुई तहको ६ वडामा निर्विरोध भएको छ। लोघेकर दामोदरकुण्डका ३ र घरपझोङ गाउँपालिकाका ३ वडामा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन्। तर, यसलाई मुख्य निर्वाचन आयोगले तत्काल सार्वजनिक गर्न नमिल्ने बताएको छ।

    लोघेकर दामोदरकुण्ड गाउँपालिका १ ,३ र ४ मा उम्मेदवारी दिने निर्विरोध भएको निर्वाचन अधिकृत नेपालहरी रानाभाटले जानकारी दिए। एमाले जिल्ला इञ्चार्ज चन्द्रमोहन गौचनका अनुसार लोघेकर दामोदरकुण्ड १ को वडाध्यक्षमा टसी ढिन्डु ठुकुरीसहित पूरै सेट एमाले निर्विरोध भएको हो। वडा २ मा एमालेका वडाध्यक्षका उम्मेदवार झ्याब्याङ तेञ्जिङ गुरुङसहित २ वडासदस्य र कांग्रेसबाट एक वडासदस्य निर्विरोध भएको गौचनले बताए। वडा ३ मा एमालेबाट वडाध्यक्ष झ्याब्याङ छोसाङ गुरुङसहित २ वडासदस्य एमाले र एक वडासदस्य कांग्रेसको निर्विरोध भएको उनले बताए। लोघेकरको वडा २ र ५ मा कांग्रेस र एमालेबीच सबै पदमा उम्मेदवारी भएको छ। ४ वटा वडामा दलित सदस्य कोटा खाली छ।

    मुस्ताङको घरपझोङ गाउँपालिका १ र २ मा नेपाली कांगे्रेसका वडाध्यक्ष उम्मेदवार निर्विरोध भएका छन्। वडा—५ मा एमालेका वडाध्यक्ष निर्विरोध भएको स्रोतले बताएको छ। घरपझोङको १, २ र ५ मा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र राप्रपाबीच आन्तरिक तालमेल भएको हो। घरपझोङ गाउँपालिकामा ४० को उम्मेदवारी दर्ता भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.