पौष २६, प्युठान सुचना डबलि संबाददाता
प्यूठानको स्वर्गद्वारी नगरपालिका ३ किमिचौरामा म्याजिकबाट खसेर दुई जना बालक घाइते भएका छन् ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका-३ किमिचौर स्थित पुलमा रोल्पाबाट भिंगृ तर्फ आउदै गरेको रा १ ज ६७८ नंम्बरको म्याजिकको पछाडीको ढोका अचानक खुल्दा म्याजिकमा सवार स्वर्गद्वारी नगरपलिका ३ बस्ने शिवराज नेपालीको १२ वर्षिय छोरा करन नेपाली र सोहि ठाउका रमेश नेपालीको ११ वर्षिय छोरा को पबित्र नेपाली घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेलाइ प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा सामान्य उपचार पश्चात थप उपचारको लागी बुटवलतर्फ लगिएको हो भने म्याजिकको चालक प्यूठान नगरपालिका २ बस्ने २४ वर्षिय को चुमान जि सीलाइ ईलाका प्रहरी कार्यालय भिंगृको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभयो ।