काठमाडौँ, वैशाख १४ । सर्लाहीको बागमती नगरपालिका–१ मा बुधबार ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा एक जना पुरुष घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सप्तरीको राजविराज नगरपालिका–१ बस्ने ६० वर्षीया प्रमिला देवी यादव रहेकी छिन्। गम्भीर घाइते उनको उपचारको क्रममा निजगढ स्थित सरकारी अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकल चालक उनकै २५ वर्षीय छोरा विजय यादवको अवस्था भने सामान्य रहेको छ। दुवै सवारी साधन सहित ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकललाई प्रदेश १ –०२–००१ ख ८३२५ नम्बरको ट्याङ्करले आज बिहान पौने ११ बजे ठक्कर दिएको थियो।







