काठमाडौँ, वैशाख १४ । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेका रसुवाका पाँच उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।गोसाइँकुण्ड गाउँपालिकाका वडा नं। २ र ५, कालिका गाउँपालिका(१ र आमाछोदिङ्मो गाउँपालिकाका वडा नं। २ र ४ का दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन्।
जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-२ मा नेपाली कांग्रेसकी दिलमाया विक, वडा नं। ४ मा नेकपा ९माओवादी केन्द्र० की गममाया विक, कालिका गाउँपालिका-१ मा माओवादीका ज्योतिसरा परियार निर्विरोध निर्वाचित भएकी हुन्।त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका(२ मा कांग्रेसकी लक्ष्मी परियार र वडा नम्बर ५ मा नेकपा ९एमाले० की कान्छी लाटी कमिनी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसै गरी गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर १, ३ र ४ मा दलित महिला सदस्यमा एउटै उम्मेदवारी परेन। यस क्षेत्रमा दलित समुदायको बसोबास नभएकाले तीन वटा पदमा उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
रसुवामा १४५ पदका लागि ४९८ जनाको उम्मेदवारी परेको छ। जसमा राजनीतिक दलबाट ४६३ र स्वतन्त्रबाट ३५ जनाले उम्मेदवारी दिएका छन्। यही वैशाख ३० गते मतदान हुनेछ।







