काठमाडौँ, वैशाख १७ । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिईएको छ । कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।
उनलाई उम्मेद्वारी फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।







