• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

यसकारण भइरहेछ मनसुनको झल्को दिने गरी वर्षा


  •    सुचना डबली डेस्क / २०७९, २० बैशाख मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २० । सक्रिय पूर्वमनसुनका कारण आइतबार रातिदेखि मनसुनको झल्को दिने गरी वर्षा भएको छ । नेपालमा तीन थरी जलवाष्पयुक्त वायुको प्रभाव परेकाले मनसुनको जस्तै वर्षा भएको हो ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेअनुसार यति बेला नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय प्रणाली र पश्चिमी वायुसहितको वर्षा गराउने प्रणाली सक्रिय छ ।

    तेहेरो मौसमी प्रणालीको प्रभावका कारण आगामी केही दिन वर्षा निरन्तरजस्तै रहने महाशाखाले जनाएको छ । मौसमविद् समीर श्रेष्ठले भने, “सोमबार रातभर देशका धेरैजसो स्थानमा वर्षाको क्रम जारी छ, मङ्गलबार बिहान घाम झुल्के पनि दिउँसो फेरि वर्षा निरन्तर हुने सम्भावना छ ।”यस अवधिमा देशव्यापी रूपमा सामान्य बदली हुनेछ ।

    मङ्गलबार लुम्बिनी प्रदेशका अधिकांश भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेग छोएका सबैजसो भूभागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । बुधबारदेखि भने मौसममा हल्का सुधार आउनेछ । तथापि जलवाष्पयुक्त वायुको आगमन निरन्तर रहेको खण्डमा थोरै भेगमा मौसम बदली र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.