
सुबास बेल्बासे पौष २८ बुटबल,ओम सतिया गाँऊपालिका रुपन्देही को तेनुहवा गाँऊ सिद्धार्थराजमार्ग र सिद्धार्थ नगरपालिका सँगै जोडिएको गाँऊ हो।
, सरकारको ध्यान नगयेको यो गाँऊ बीरनगर भन्ने अर्को गाऊँमा जोडिन्छ दुई गाँऊ जस्मा करीब एक हजार बस्ती छ। येस्तो गाँऊ अस्त बेस्त भएकोले तेनुहवाका एक यूवा समाजसेवी अभिषेक यादव भनी चिनिने ब्यक्ती सहितको टोलिले आफ्नो लगानिमा
, दुई गाँउकै पोलमा बिजुली जडान ,आफ्नो गाँऊलाई चिनाउने गरी राजमार्गमा गाँऊको होडिण्ग बोर्ड, हरेक ठाऊँ ठाऊँमा फौहौर फ्याँक्ने ड्स्ट्बिन राख्ने काम सँगै गाँऊका यूवालाई सँगै लिएर सरसफाई समेत गरेका छन।.समाज देखी आफ्नो देश परिबर्तन यूवा द्वारा नै संभव छ उनको भनाइ थियो। उनी आफू ‘ गोर्खाली युवा सशक्तिकरण संस्था ‘ रुपन्देहीमा हिँडेर सामाजिक काम प्रति प्रेरीत भएको निजले बताए ।
