• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

युक्रेनमा युद्ध, सगरमाथामा मित्रता


  •    सुचना डबली डेस्क / २०७९, २६ बैशाख सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, वैशाख २६ । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् । सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् ।

    युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना अहिले दुवै मित्रवत् व्यवहारसहित विश्व शान्तिको कामना गर्दै आरोहणका लागि क्याम्प २ पुगेका छन् । दुवै क्याम्प १ बाट क्याम्प २ मा पुगेर संयुक्त अभ्याससमेत गरिरहेका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४४ पुरुष गरी कुल ३१७ जनाले आरोहण अनुमति लिएका छन् ।

    यस पटक सगरमाथा आरोहणबाट मात्रै ३९ करोड ६८ लाख ५१ हजार चार सय रुपियाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष सन् २०२१ को वसन्तयामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए ।

    सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहडाबाट चार सय आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.